राष्ट्रिय सभा बैठक : पूर्वसांसद जोशीको निधनमा शोक प्रस्ताव पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा बैठक : पूर्वसांसद जोशीको निधनमा शोक प्रस्ताव पारित


१६ श्रावण २०७५, बुधबार


काठमाडौं । राष्ट्रियसभा बैठकले पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो ।

जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत थिए ।

उनको ७३ बर्षको उमेरमा साउन १५ गते मंगलबार दिउसो २ बजेर ५० मिनेटमा बुढानिलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । राष्ट्रियसभाले चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक विहिबार बिहान साढे ११ बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस