गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको भेटवार्ता


१५ श्रावण २०७५, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्ले गृहमन्त्री थापाले भेटमा नेपाल र म्यान्माबीच एतिहाँसिककालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै सोही कारण अहिले पनि म्यान्मामा हजारौंको संख्यामा नेपाली मुलका म्यान्मालीहरु बसोबास गरीरहेको टिप्पणी गरे ।

उनले अन्तरदेशीय अपारध अपराध, मानवतस्करी लगायतका विषयमा दुई देशबीच सहकार्य आवश्यक रहेको बताए ।

भेटमा म्यान्माका परराष्ट्र सचिव थुले नेपाल र म्यान्माको सम्बन्धलाई थप मबबुत बनाउन बुद्धको जन्मभूमि लुम्बीनीले भूमिका खेलिरहेको बताए ।

आफ्नो भ्रमणको क्रममा व्यापर, पर्यटन लगायतका क्षेत्रमा आपसी सहार्यका सम्बन्धी सम्झौता हिँजो नेपाल र म्यान्माबीच भएको गृहमन्त्री थापालाई जानकारी दिँदै यसले दुई देशबीच थप अन्य क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको गृहमन्त्रालय र म्यान्माको गृहमन्त्रालयबीच अपराध नियन्त्रण र तालिमका लागि सहयोग र सहकार्य गरेर जानुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस