राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्छ : प्रम ओली « प्रशासन
prasaLogo
१५ श्रावण २०७५, मंगलवार

राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्छ : प्रम ओली


प्रकाशित मिति : 31 July, 2018 5:01 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताएका छन् ।

महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राजनीतिले देशलाई बाटो देखाएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन् । ‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्री ओलीले भने ‘जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन् । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन’प्रधानमन्त्री ओलीले भने, ‘तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।’

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४/०७५मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिबहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस