२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

अ+ अ-

पोखरा । गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।

चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउँछन्।

सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उनले बताए । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक निर्माणका लागि संघीय सरकारसँग आवश्यक सहयोग मागेको छ ।

‘कोरालादेखि सुस्तापूर्व त्रिवेणीसम्म सडक निर्माणका लागि चीनको एउटा कम्पनीले निःशुल्क डिपीआर तयार गर्न चासो देखाएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘आवश्यक लागत आएपछि संघ र प्रदेशबीच समन्वय गरी निर्माण अघि बढाउँछौँ ।’

गण्डकी प्रदेशकै त्रिवेणी पुग्नका लागि सडकको अभाव भएकाले पोखराबाट चितवन हुँदै प्रदेश नं. ५ को बर्दघाट पुग्नुपर्ने बाध्यता रहेकाले उक्त सडकले पूर्णता पाएपछि पोखराबाटै सिधैँ दक्षिणको त्रिवेणी र उत्तरको कोरला पुग्न सकिने मुख्यमन्त्री गुरुङ बताउँछन् । सो क्षेत्रको स्थलगत निरीक्षणपश्चात रासससँग कुरा गर्दै उनले भने, ‘पोखराबाट छोटो दूरीमा पूर्व पश्चिम राजमार्गको उपयुक्त स्थानमा जोड्ने गरी सम्भाव्यता अध्ययन गरिनेछ ।’

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रबाट सडक निर्माणसँगै एक दशकअघिदेखि बन्द भएको त्रिवेणी छोटी भन्सारको स्तरोेन्नति गरेर आवश्यक भौतिक संरचना निर्माण गरी पूर्णरुपमा सञ्चालन गर्न भारतसँग आवश्यक पहल गरिदिन संघीय सरकारलाई प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उनले जानकारी दिए । गण्डकी प्रदेशमा समावेश हुन पाउँदा खुशी बने पनि सुस्ता पूर्व विनय त्रिवेणी नगरपालिका– ६ र ७ का बासिन्दा सडक सञ्जालसँग नजोडिँदा चिन्तित छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा जोडने सडक चाँडो निर्माण हुने आशमा रहेका नवलपुरका बासिन्दा त्यही जिल्लाको सदरमुकाम कावासोती पुग्न प्रदेश नं. ५ को सुस्ता बर्दघाट हुँदै जान बाध्य भएकमा विनय त्रिवेणी नगरपालिका– ७ का प्रमोद रौनीयार बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जबाट सडक खुल्न नसक्दा स्थानीयवासीले प्रदेश नं. ५ को बर्दघाटबजार भएर कावासोती पुग्न करीब २५ किलोमिटर यात्रा गर्नुपर्छ ।

पोखरा–कोरला सडकअन्तर्गत राष्ट्रिय गौरवको योजना कालीगण्डकी करिडोर निर्माणले तीब्रता पाएको छ । सडकको हिमाली क्षेत्रतर्पm बेनी–जोमसोम ७५ किलोमिटर सडक स्तरोन्नतिका साथै कालोपत्र भइरहेको आयोजनाका इन्जिनियर जगन प्रजापतिले बताए । दोहोरो यातायातका साधन सञ्चालन हुने सो सडक दुई अर्ब ४० करोडको लागतमा निर्माण भइरहेको छ । जोमसोम–कोरला ११० किलोमिटर सडक ग्राभेल गर्ने काम रु दुई अर्ब ६० करोडको लागतमा भइरहेको छ ।

खैरेनीटारदेखि भिमाद डेढगाउँ हुँदै नवलपुरको कावासोतीसम्म ११० किलोमिटर सडकको ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए । सो सडकमा यातायात सञ्चालन गर्न वर्खामा केही असहज भए पनि हिउँदमा सहजरुपमा आवतआवत गर्न सकिने अवस्था छ । सो सडक निर्माणसँगै मुक्तिनाथ, त्रिवेणीधामलगायत बिभिन्न धार्मिक पर्यटकीयस्थललाई जोड्नुको साथै कोरला–पोखरा–त्रिवेणी सडकलाई चीन र भारतबीचको व्यापारीक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने यस क्षेत्रका बासिन्दा बताउँछन् ।

नेपाल र चीनलाई जोड्ने उक्त सडक निर्माणसँगै गण्डकी प्रदेशसहित यसले समग्र देशकै आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु-याउने भएकोले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा यसलाई अघि बढाउनु आवश्यक देखिएको छ । रासस