सात नम्बर प्रदेशको राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सात नम्बर प्रदेशको राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन


१४ श्रावण २०७५, सोमबार


कैलाली । सात नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि बिशेष सुझाब समिति गठन गरिएको छ ।

सोमबार बसेको बैठकले प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय बिशेष सुझाब समिति गठन गरेको हो । समितिमा प्रदेश सांसद बलदेब रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् ।

बिशेष सुझाव समितिलाई २१ दिनभित्र प्रदेशको नामाकरण र राजधानी बारे प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइइएको छ ।

गत महिना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सभा संचालन भएको लामो समय बितिसक्दा पनि राजधानीको नाम र स्थानाबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस