दुर्घटनामा पाँच विद्यार्थी घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा पाँच विद्यार्थी घाइते


१४ श्रावण २०७५, सोमबार


दमक । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् ।

इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं. को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं. को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो ।

यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्र्षीय आशिष सुनाम, दमक–६ का सात वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताए । घाइते सबै स्कुल बसमा सवार थिए ।

घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा सलग्न दुबै सवारी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस