दश हजार घुस माग्ने गोविन्द अख्तियारको फन्दामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दश हजार घुस माग्ने गोविन्द अख्तियारको फन्दामा


१३ श्रावण २०७५, आइतबार


नेपालगञ्ज । अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपाली घुस मागेको आरोपमा पक्राउ परेका छन् । खरिद गरेका सामान ल्याउन सहजता गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटीएको टोलीले पक्राउ गरेको हो ।

दश हजार घुस वापतको रकम लिइरहेको अवस्थामा उनी नेपालगंज उपमहानगरपालिका–१० स्थित चौधरी नास्ता पसलबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस