२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको अभियोगमा पक्राउ

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो ।

आयोगले सव–इञ्जिनियर झालाई शनिबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरलाई ३६ लाख ७२ हजार ५०० रकमको भौचरसहित आयोगले शनिबार नै पक्राउ गरेको जनाएको छ ।

विभिन्न निर्माण कार्यको समयमा मूल्यांकन नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेको भौचरसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले मालपोत कार्यालय, कलंकीका नायबसुब्बा शेरबहादुर थापाविरुद्ध अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दाको सरकारी साक्षीका रुपमा रहेका कपिलदेव खडकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा गरेको अभियोगमा पकवादी भञ्ज्याङ उच्चमाध्यमिक विद्यालय, स्याङ्जाका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस