सहकारी मार्फत कृषिको आधुनिकीकरण सहज : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहकारी मार्फत कृषिको आधुनिकीकरण सहज : प्रधानमन्त्री ओली


१३ श्रावण २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघकी उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्यूनिष्ट पार्टी प्रवेश गराउंदै उक्त कुरा बताएका हुन् ।

सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताएका छन् । सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद रहेकी मल्लले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताइन् ।

मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस