प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेटवार्ता


१३ श्रावण २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेश मन्त्री वाङ वाजुनले आज भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताए । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा चीनसँग भएको ट्रान्सपोट र ट्रान्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताए । ‘सन् २०१६को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’, उनले भने, ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धी मार्फत समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजन्ीतिक भ्रमण हुनु पनि आवश्यक छ’, ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।’

उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताए । ‘सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ’, वाङले भने ।

प्रतिक्रिया दिनुहोस