राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह


१३ श्रावण २०७५, आइतबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गरेका छन्। उनले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताए ।

तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

मुलुकलाई “शान्तिपूर्ण मार्ग” मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिएका छन् । उनले “निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव”का रुपमा लिन सुझाव दिएको अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उनले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गरेका छन्। कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिएका छन् ।

आइतबार हुन लागेको निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस