२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

अ+ अ-

विराटनगर । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ ।

गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।

मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ ।

एमबिबिएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ । पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ ।

सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनाका साथै नशा उपचारका लागि बहिरङ्ग सेवा प्रारम्भ गरिएको छ ।

अस्पतालले मासिक आम्दानी करीब रु २० लाख गरेको पाइएको छ । मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबिबिएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवर्दन वर्ष –२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

योग र प्राकृतिक चिकित्साको माध्यमबाट प्रतिरोधात्मक रोग नियन्त्रण र स्वास्थ्य प्रवर्दनमा पनि मन्त्रालयले ध्यान दिनेछ । जिल्ला अस्पतालको सेवालाई एकीकृत गरी आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा प्रणालीसमेत सञ्चालन हुने प्रबन्ध मिलाइने योजना मन्त्रालयको छ ।

गाउँघर र विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रदेश मन्त्रालयले पाँचथरको रवी, संखुवासभाको धर्मदेवी मुढेशनिश्चरे, खोटाङको रावाबेंसी र ओखलढुंगामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करीब ५० हजार जनालाई सेवा प्रदान गरेको मन्त्रालयका कर्मचारी घिमिरेले बताए ।

मन्त्रालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको विवरण अद्यावधिक गर्नु, १४ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्नु, स्वास्थ्य सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतनामूलक सडक नाटक सञ्चालन गर्नु, किशोरीका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गर्नु, निजी अस्पताल तथा नर्सिङ होमको नियमन गर्नु सकारात्मक देखिएको छ।

त्यस्तै पक्षाघात भएका बिरामीका लागि स्वास्थ्य सुधारका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गरी उपचार कार्यक्रम सञ्चालनबाट ३५ जना लाभान्वित हुनु र सरसफाइ अभियानकै रुपमा सञ्चालन गर्दै सार्वजनिक शौचालय गाउँघर, आँगन सफा राख्नका लागि विभिन्न संघसंस्थाको सहकार्यमा चेतनामूलक, प्रवद्र्धनात्मक तथा नियमक क्षेत्रमा कार्ययोजना बनाई अभियान थालनी गर्नु मन्त्रालयको गठन भएको पाँच महीनाको उपलब्धिलाई नागरिकले खुशीका रुपमा लिएको पाइएको छ । रासस