आफ्नै प्रेमिकालाई बलात्कार गराउने सशस्त्र प्रहरी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नै प्रेमिकालाई बलात्कार गराउने सशस्त्र प्रहरी पक्राउ


१३ श्रावण २०७५, आइतबार


पक्राउ

काठमाडौं । आफ्नै प्रेमिकाद्वारा युवती बलात्काकृत भएकी छन् । राजधानीकै कलङ्कीको गेष्टहाउसबाट घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरीका दुई जवानलाई पक्राउ गरेको छ । आफ्नो साथिबाटै जबरजस्ती गर्न लगाएको युवतीको आरोप छ ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा जाहेरी दिएको थियो । जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए ।

घटनाको अनुसन्धान भइरहेको छ । दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस