कर फिर्ताको मागसहित विरोध प्रदर्शन, ७ दिने अल्टिमेटम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर फिर्ताको मागसहित विरोध प्रदर्शन, ७ दिने अल्टिमेटम


१३ श्रावण २०७५, आइतबार


वीरगञ्ज । वीरगन्ज उद्योग बाणिज्य सङ्घले वीरगन्ज महानगरपालिकाले लगाएको नयाँ करका दर फिर्ताको मागसहित आइतबार विरोध प्रदर्शन गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको आहृवानमा उद्योगी व्यवसायीहरुले विरोध र्‍याली निकालेका हुन् । संघले करको दर पुनरावलोकनका लागि वीरगञ्ज महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस