२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो

अ+ अ-

वीरगञ्ज । जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान  श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नं. २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।

वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्नीले एकअर्कालाई बुझ्न नसक्नु बहुविवाह तथा सम्बन्ध विच्छेदका कारण भएको सरोकारवालाहरूको ठम्याइ रहेको छ ।

पछिल्लो समयमा बारा जिल्लामा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै जानुले सामाजिक विकृति एकपछि अर्को उजागर हुँदै गएको छ । महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै गएपछि यस्ता घटनाहरू बारा जिल्लामा दोब्बरको संख्यामा वृद्धि हुनु चिन्ताको विषय बनेको प्रहरी तथा अदालतको तथ्यांकले पुष्टि गरेको छ ।

आव २०७३/७४ भन्दा आव २०७४/७५ मा बहुविवाहसम्बन्धी मुद्दा दोब्बरले बढेको जिल्ला अदालत बाराले जनाएको छ । जसअनुसार २०७३/७४ मा ६ वटा बहुविवाहको मुद्दा परेकामा २०७४/७५ मा यसको संख्या बढेर १४ वटा पुगेको छ । यस्तै आव २०७३/७४ मा १२७ वटा सम्बन्ध विच्छेदको मुद्दा परेकामा आव २०७४/७५ मा यसको संख्या बढेर १३० वटा पुगेको छ ।

बहुविवाह कानूनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सभापति दीपेन्द्र चौहानले अज्ञानता, शहरी जीवन शैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण यस्तो वातावरणको विकास हुँदै गएको बताए ।

देश संघीयतामा गएपछि संघीय सरकारले पहिलो चरणको मुद्दा मामिला सुनुवाइ गर्ने अधिकार स्थानीय तहलाई दिए पनि कानूनको ज्ञाता नै नभएका जनप्रतिनिधिहरूलाई यस्ता मुद्दा किनारा लगाउन समस्या हुने गरेको छ । रासस