भावी प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समिति अलमलमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भावी प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समिति अलमलमा


१३ श्रावण २०७५, आइतबार


काठमाडौं । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्ने बारे आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि सरेको छ ।

समितिको बैठक आज बिहान बस्ने भनिएता पनि समितिमा आवश्यक छलफल गर्न बाँकी भएकोले बैठक स्थगित भएको जनाइएको छ ।

जोशीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेको छ । भावी प्रधानन्यायाधीश जोशीबाट चित्त बुझ्दो जवाफ नआएको र आवश्यक थप छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो ।

जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस