नेपाल, नेदरल्यान्ड र एमसिसीको त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृंखला आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल, नेदरल्यान्ड र एमसिसीको त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृंखला आज


१३ श्रावण २०७५, आइतबार


काठमाडौं । क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा नेपालले आइतबार नेदरल्यान्ड र घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट खेल्दैछ ।

नेपालले पहिलो खेल नेपाली समयअनुसार साँझ ६ः१५ मा एमसीसीसँग खेल्ने छ । राती १०ः३० बजे नेदरल्याण्डसँग खेल्दैछ ।

आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो । नेपाल र नेदरल्यान्डबीचको खेललाई आइसिसीले अन्तर्राष्ट्रिय टि–ट्वान्टीको मान्यता दिएको छ ।

नेपालले दुई वर्षअघि लर्डस मैदानमै एमसिसीसँग मैत्रीपूर्ण खेल खेलको थियो, जसमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टी–ट्वान्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली साताअघि इग्ल्यान्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार अभ्यास खेल खेलेको थियो, जसमा नेपालमा तीनमा जित र एकमा हार बेहोरेको थियो ।

त्रिकोणात्मक शृंखलापछि नेपाली टोली नेदरल्यान्ड प्रस्थान गर्नेछ । नेपालले बुधबार र शुक्रबार नेदरल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस