२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप

अ+ अ-

गौशाला । प्रदेश नं. २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद भएकी  बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता  गरेको  आरोप  लगाइएको छ ।

सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को १० लाखभन्दा बढी आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

विनयले स्थानीयवासीको बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुण्ड्याएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले आरोप लगाए ।

त्यस्तै सो निर्माण कार्यको उपभोक्ता समिति को हो भन्ने बारेमा समेत कसैलाई केही थाहा नरहेको स्थानीयवासी लक्ष्मण ठाकुरको भनाइ छ । विनयले सो सडक निर्माण गर्दा स्थानीयवासीले इस्टिमेट, बजेट, होर्डिङबोर्ड लगायतका कुराको माग गर्दैै निर्माण रोक्न खोज्दा स्थानीयवासीलाई विनय र उनका सहयोगी नरेश सिंहले गाली–बेइज्जती गर्नाका साथै कुटपिट गर्ने धम्की दिएपछि पछि हटेको स्थानीयवासी रोशन पाण्डेले बताए ।

विनयले आफूखुशी मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई त्यसबारे जानकारी गराउँदै सो काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले त्यो काम आफ्नो अधिकार क्षेत्रको नभएको भन्दै फर्काइदिएको स्थानीयवासी भिखारी मण्डलले बताए।

त्यस्तै सो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाँदा त्यहाँबाट समेत कुनै सहयोग नमिलेको स्थानीयवासी राजु मण्डलले बताए । यसरी सांसदको पतिले गरेको भ्रष्टाचारका बारेमा स्थानीयवासीले रोक लगाउन जाँदा गाली बेइज्जती सहनु परेको, स्थानीय प्रमुख तथा प्रहरी प्रशासन समेतबाट कुनै सहयोग नमिलेपछि स्थानीयवासी दुःखी र आक्रोशित भएका छन् भने उनीहरुले अख्तियारलगायत सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँदै यस कामको स्थलगत निरीक्षण गर्न तथा भ्रष्टाचारीलाई कानूनी कारबाहीको माग गरेका छन् ।

स्थानीयवासीले विनय चौधरीउपर लगाएको आरोपबारे सांसद बबिता चौधरी र उनका पति विनय चौधरीसँग यसबारे जानकारी लिन खोज्दा सांसद चौधरी बिरामी रहेकोले कुरा गर्न नसक्ने भनियो भने उनका पति विनय सम्पर्कमा आउन चाहेनन् । रासस