अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच


१२ श्रावण २०७५, शनिबार


नेपालगन्ज । स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।

अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले बताए ।

यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट रु एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस