प्युठान । प्युठान सडक आयोजनाका सव इन्जिनियर एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
शनिबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई घुस रकम सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।







