३६ लाख घुस लिने कर्मचारी श्रीमतीसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३६ लाख घुस लिने कर्मचारी श्रीमतीसहित पक्राउ


१२ श्रावण २०७५, शनिबार


घुस

काठमाडौैं । अख्तियारदुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ३६ लाख ७२ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुरलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको हो ।

उनीसँगै उनकी श्रीमति पनि पक्राउ परेकी छन् । उनकी श्रीमतिलाई हेटौडाबाट खटिएको अख्तियारको टोलीले घुसको रकम लिएर वीरगंजस्थित घरमा जाँदै गर्दा पक्राउ गरेको हो ।

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको अख्तियारले जनाएको छ । बैंकमा जम्मा भएको भौचरहरु समेत बरामद भएको अख्तियारले जनाएको छ ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठेकदारसँग मोटो रकम मागेको उजुका आधारमा उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस