चर्चा बटुल्दै सिमा र सज्जनको घाँगर लगाउँ मायाले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चर्चा बटुल्दै सिमा र सज्जनको घाँगर लगाउँ मायाले


१२ श्रावण २०७५, शनिबार


काठमाडौं । गायीका सिमा चन्द र गायक सज्जन थामीले भरखरै बजारमा ल्याएको तीज गीत घाँगर लगाउँ मायालेले चर्चा बटुली रहेको छ । केही दिन पहिले बजारमा आएको उक्त गीतले थुप्रैको मन तानिरहेको छ ।

तीज नजिकिदै गर्दा अहिले बजारमा थुप्रै गीतहरु आइरहेका छन् । ती गीतहरु मध्ये स्रोताले घाँगर लगाउँ मायालेलाई रुचाइरहेका छन् । १६ वटा विभिन्न गीतमा स्वर दिइसकेकी गायीका सिमाले यो गीतले चर्चा बटुलेसँगै आफुलाई सांगीतिक क्षेत्रमा सक्रिय गराइराख्न प्रेरणा थपेको बताइन् ।

‘म सानैदेखि सांगीतिक क्षेत्रमा केही गर्न चाहन्थे’, उनले भनिन्, ‘अहिले रहर पुरा गर्ने मात्र होइन स्रोताको औधी मायाँ पाइरहेकाले यसै क्षेत्रमा सक्रिय हुन मन लागि रहेको छ ।’ आधा दर्जन गीतमा अभिनय समेत गरिसकेकी सिमाले आगामी दिनमा सांगीतिक क्षेत्रमा नै समर्पित हुने बताइन् ।

गीतमा गायीका चन्दकै लय तथा शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा चक्र बम र टिका जैसीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस