२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्कु प्रहार गरी हत्या गरिएका समैमगरका परिवारलाई कांग्रेसको सहयोग

अ+ अ-

धनगढी । चक्कु प्रहार गरी हत्या गरिएका गौरिगंगा नगरपालिका ७ का मान बहादुर समैमगरका परिवारलाई नेपाली कांग्रेसका स्थानीय नेताहरुले आर्थिक सहयोग गरेका छन् । शनिबार मृतकको घरमै पुगेर नेताहरुले संकलन गरेको १९ हजार ३ सय ५० रुपैयाँ परिवारलाई हस्तान्तरण गरेका हुन् ।

क्षेत्र नम्बर ४ का सचिव मोहन साउँदको पहलमा संकलन गरिएको रकम नेता कार्यकताको उपस्थितीमा क्षेत्रीय सभापति दिनेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेस गौरीगंगा नगर उप–संयोजक हिरा सिंह बडैला , साविकको मसुरिया गाँउ पूर्व सभापति वेदप्रकाश जोशी, साविकको चौमाला गाँउ पूर्व सभापति पहल चन्द लगायतका नेताहरुले पीडितको अवस्था बुझेका थिए । पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै क्षेत्रीय सभापति जोशीले आगामी दिनमा थप सक्दो सहयोग गर्ने वाचा गरे । उनले समैमगरको हत्यारालाई कानुनी कारबाहीको माग गरेका छन् ।

मृतकका परिवारको उचित व्यवस्थापन र बालबच्चाको पालन पोषण, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने जोशीको माग छ । समैमगरको स्थानीय रमेश विकले चक्कु प्रहार गरी गत साउन ३ गते हत्या गरेका थिए ।