चक्कु प्रहार गरी हत्या गरिएका समैमगरका परिवारलाई कांग्रेसको सहयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चक्कु प्रहार गरी हत्या गरिएका समैमगरका परिवारलाई कांग्रेसको सहयोग


१२ श्रावण २०७५, शनिबार


धनगढी । चक्कु प्रहार गरी हत्या गरिएका गौरिगंगा नगरपालिका ७ का मान बहादुर समैमगरका परिवारलाई नेपाली कांग्रेसका स्थानीय नेताहरुले आर्थिक सहयोग गरेका छन् । शनिबार मृतकको घरमै पुगेर नेताहरुले संकलन गरेको १९ हजार ३ सय ५० रुपैयाँ परिवारलाई हस्तान्तरण गरेका हुन् ।

क्षेत्र नम्बर ४ का सचिव मोहन साउँदको पहलमा संकलन गरिएको रकम नेता कार्यकताको उपस्थितीमा क्षेत्रीय सभापति दिनेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेस गौरीगंगा नगर उप–संयोजक हिरा सिंह बडैला , साविकको मसुरिया गाँउ पूर्व सभापति वेदप्रकाश जोशी, साविकको चौमाला गाँउ पूर्व सभापति पहल चन्द लगायतका नेताहरुले पीडितको अवस्था बुझेका थिए । पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै क्षेत्रीय सभापति जोशीले आगामी दिनमा थप सक्दो सहयोग गर्ने वाचा गरे । उनले समैमगरको हत्यारालाई कानुनी कारबाहीको माग गरेका छन् ।

मृतकका परिवारको उचित व्यवस्थापन र बालबच्चाको पालन पोषण, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने जोशीको माग छ । समैमगरको स्थानीय रमेश विकले चक्कु प्रहार गरी गत साउन ३ गते हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस