गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१२ श्रावण २०७५, शनिबार


मैले ढुंगा पिएको छु, आँसु चपाएको छु,
ठेला त यति खाए कि, अचेल अघाएको छु ।

चाहना त थिए नि, मेरा पनि स्वतन्त्र हुने,
इच्छा जति कर्तव्यको खुट्टाले दबाएको छु ।

अस्पताल पुग्न त हप्तौं लाग्छ अहिले पनि,
मैले घाउमा माटो बाधी काल भगाएको छु ।

नदी किनाराको बालुवासँग साइनो छ मेरो,
आँखै अगाडि सारा घर खेत बगाएको छु ।

चाख्न बाँकी रहेन अभावका परिकार अब,
पाँचै औलालाई हतौडे स्वाद चखाएको छु ।

प्रतिक्रिया दिनुहोस