बिणामा बृक्षारोपण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बिणामा बृक्षारोपण


११ श्रावण २०७५, शुक्रबार


धनगढी । कैलालीको बिणा विद्या मन्दीर गौरीगंगा नगरपालिका– ६ बनबेहडामा बृक्षारोपण गरिएको छ ।

बिध्यालयको प्राङ्गण किनारमा असोक, सिसम, लिप्टिस, अमला , बेल गरी झण्डै २ सय वटा बोट रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीले बताए ।

बृक्षारोपण कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं. ६ का कार्यवाहक अध्यक्ष टेकबहादुर कुवँर, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमराज जोशी, समाजसेवी दानबहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस