समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध : ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध : ओली


११ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यन्वयनका लागि सरकारले गरेका कामहरुको बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु,सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ ।

सो आर्थिक बर्षमा सरकारबाट २२ बिषयगत ऐन निर्माणका बिधयकहरु, २१ नियमावलीहरु, नौ बिषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्विकृत भएको उनले बताएका छन् । सो कार्यविधि अनुसार संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताए । प्रधानमन्त्ती ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त,नीति तथा दायित्वलाई क्रमश कार्यन्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस