कार त्रिशुली नदीमा खस्दा एकको मृत्यु, दुई घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कार त्रिशुली नदीमा खस्दा एकको मृत्यु, दुई घाइते


११ श्रावण २०७५, शुक्रबार


धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा १४ च ३७५८ नम्बरको कार पृथ्वी राजमार्ग अन्तर्गत गजुरीस्थित जहरेखेतबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परी कास्की निवासी ५१ वर्षोय मधुसुदन सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएकामा उनीहरुको गजुरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस