पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध


११ श्रावण २०७५, शुक्रबार


चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको हो ।

दिउँसो पौने ४ बजे खसेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। पानी परिरहेकाले पहिरो हटाउन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

ठूलो पहिरो खसेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस