आइतबारबाट लाइसेन्सको आवेदन खुल्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइतबारबाट लाइसेन्सको आवेदन खुल्दै


११ श्रावण २०७५, शुक्रबार


लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं । आइतबारबाट नयाँ लाइसेन्सको वितरण खुल्ने भएको छ । झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण आइतबारबाट खुल्न लागेको बताइएको छ ।

आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाट भने लाइसेन्स बितरण गरिने छैन । दुई नम्बर प्रदेश सरकारले आफुले अनुमति दिएपछि मात्रै लाइसेन्स वितरण थाल्न विभागलाई पत्र काटेपछि ती ठाउँबाट आवेदन रोकिएको हो ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक९एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस