बस दुर्घटना २३ जनाको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बस दुर्घटना २३ जनाको उद्धार


११ श्रावण २०७५, शुक्रबार


चितवन । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं. को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं. को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस