बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर


१० श्रावण २०७५, बिहिबार


वीरगञ्ज । करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकित साहलाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो ।

अपहरणकारीहरुले अंकितलाई जेठ २२ गते साँझ मोटरसाइकलमा राखेर अपहरण गरी लगेर पटक पटक गरी रु ६४ लाख ५० हजार फिरौती रकम लिएर केही दिनपछि हत्या अनुसन्धानमा खुल्न आउको छ । बालकको शव साउन ३ गते पर्साको जगरनाथपुरको गण्डक नहर छेउमा सडेको अवस्थामा फेला परेको थियो । सो घटनामा संलग्न अन्यको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस