२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

अ+ अ-

पोखरा । एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर (चार वीर) लाई दिएका छन् ।

चार वीरको निकै मिल्ती छ, एकजना पनि नछुट्टिने उनीहरु रमझमका साथ सोमरस भण्डारमा दिनहुँ रक्सी खान जान्छन्, क्षण भरमा झगडा हुन्छ तत्काल मिल्छन् पनि । एक दिन अर्कै गाउँबाट अटलबहादुर भन्ने व्यक्ति सोमरस भण्डारमा पुगेपछि सो गाउँमा विस्तारै उसैको रबाफ बढ्दै जान्छ । अटलबहादुरले गाउँका ती चार वीरलाई गोप्यरुपमा छुट्टाछुट्टै भेटेर सबैलाई मुख्य वीर बनाउने सपना पनि बाँड्छ ।

लहैलहैमा मुख्य वीर बन्ने आशमा चार वीर विभाजित गराएसँगै त्यसैको फाइदा उठाएर अटलबहादुर त्यस गाउँको मुखिया बनी सम्पूर्ण अधिकार आफूमा राखेको घोषणा गर्छन् । मुखिया बनेपछि प्रत्येक चार वीरले आफू मुख्य वीर बन्ने आशा गरेकामा कसैलाई पनि मुख्य वीर नबनाएपछिं उनीहरु अटलबहादुरसँग रिसाउँछन् ।

चार वीरमध्येका बलवीरले अटलबहादुरको फटाईं र ऊ अर्को कुनै ठाउँबाट भागेर आएको भनी प्रहरीमा उजुर गरी उसलाई पक्राउँछ । पछि विभाजित समाज पुनःएकाकार हुन्छ । पोखरा थिएटरमा यही साउन ७ गतेदेखि प्रदर्शित नाटक ‘अटलबहादुरको आतंक’ले नेपाली समाज एवं राज्य र यहाँको राजनीतिको जीवन्त चित्रण गर्न खोजेको नाटकमा रमझम सोमरस भण्डारको सञ्चालक (गुमानसिंह) को भूमिकामा अभिनय गरिरहनुभएका नाट्यकर्मी प्रकाश घिमिरे बताउँछन् ।

“नाटकमा नेपाली राजनीति, बाह्य प्रभाव एवं समाजको भाइफुटे गवार लुटेजस्ता धेरै अवस्थालाई प्रतिकात्मकरुपमा प्रस्तुत गरिएको छ,” उनी भन्छन, “नाटक शुरु भएयता पोखरेली दर्शकले यसलाई अभिरुचिपूर्व हेरिदिएका छन् ।” नाटकमा अटलबहादुरको भूमिका माओत्से गुरुङले गरेका छन् । भने प्रकाश घिमिरले रमझम सोमरस भण्डारका सञ्चालक र पछि मुखियाको भण्डारेका रुपमा प्रभावकारी भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै अटलबहादुरकी पत्नी बनी मुखियानी बनेकी बबिता मल्ल ठकुरी (मैना), चारवीरमध्येका वर्षा केशव पराजुली (छत्रवीर), विभु भुसाल (धर्मवीर), दीलप्रसाद गुरुङ (बलवीर) र गोविन्दरमण पराजुली (रामवीर) सहित अन्य कलाकारका बेजोड अभिनय रहेका छन् । नाटकका कलाकारमध्ये अधिकांशले यसअघि धेरै नाटक एवं चलचित्रमा आफूलाई उभ्याइसकेका छन् ।

विगत दुई दशकअघिदेखि ‘श्रद्धाञ्जलि’, ‘परिस्थितिको बन्धन’, ‘टुक्रिएका सपना’लगायतका नाटकमा अभिनय गर्नुका साथै विभिन्न सडक नाटक, ‘अचम्मै भो’, ‘नकैफुँ’जस्ता टेलीचलचित्रमा समेत अभिनय एवं लेखन गरिसक्नुभएका केशव पराजुलीले ‘अटलबहादुरको आतंक’ नाटकलाई पोखरेली नाट्यप्रेमीले अभिरुचिका साथ हेरिदिएका बताउँछन् ।

“विभिन्न प्रलोभनमा परी एक आपसमा नमिल्दा समाज एवम् राष्ट्रको एकता भताभुङ हुने र यसको फाइदा बाहिरको व्यक्तिले लिने कुरालाई नाटकले देखाउन खोजेको छ,” उनी भन्छन्, “नाटकको अटलबहादुर जस्तै धेरै व्यक्ति एवम् संस्थाका नाममा मिलेर बसेको हाम्रो समाज एवम् राष्ट्रलाई विभिन्न लोभ लालच देखाएर विखण्डित गराउने प्रयास गरिएको छ ।”

नाटकका लेखक एवं निर्देशक खगेन्द्र लामिछानेका अनुसार ‘अटलबहादुरको आतंक’ नाटक केही वर्षअघि आरोहण गुरुकूलमा मञ्चन भएको थियो ।

पोखरा थिएटरका सञ्चालक परिवर्तनका अनुसार आगामी साउन १६ गतेसम्म चल्ने पोखरेली कलाकारले अभिनय गरेको यो नाटक पोखरा थिएटरको तेस्रो प्रस्तुति हो । नाटक घर सञ्चालन भएयता बाहिरबाट ल्याइएका नाटकसमेत पोखरा थिएटरमा हालसम्म १७ वटा नाटक मञ्चन भइसकेको उनी जानकारी दिन्छन् ।

पोखरा थिएटरमा मञ्चन भएका प्रत्येक नाटकले पोखरेली दर्शकको मन खिच्न सफल भएको निर्देशक लामिछानेको भनाइ छ ।