प्रहरीद्वारा ३० चिकित्सक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीद्वारा ३० चिकित्सक पक्राउ


१० श्रावण २०७५, बिहिबार


काठमाडौं । प्रहरीले ३० जना चिकित्सक समर्थकहरुलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई शिक्षण अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास जान खोजेको र्‍यालीलाई प्रहरीले महाराजगञ्जस्थित त्रिबि शिक्षण अस्पतालको गेटमै रोकेपछि दुई पक्षबीच झडप समेत भएको छ ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस