दोस्रो वाइडबडी विमान (मकालु) अवतरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोस्रो वाइडबडी विमान (मकालु) अवतरण


१० श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।

दुईटा वाइडबडी खरिदका लागि निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट १५ वर्षमा तिर्ने गरी ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको छ ।

हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको दुई विमानमध्ये पहिलो वाइड बडी विमान अन्नपुर्ण असार १४ गते नैकाठमाडौं आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस