प्रधानसेनापति क्षत्रीले गरे पूर्व प्रधानसेनापतिहरुसँग छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापति क्षत्रीले गरे पूर्व प्रधानसेनापतिहरुसँग छलफल


९ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुधबार नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीवृन्दसँग भेटघाट गरेका छन् ।

नारायणहिटीस्थित श्री उपत्यका पृतना हेड क्वार्टरमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुको साथै नेपाली सेनाका विविध गतिविधिहरुको बारेमा छलफल गरिएको थियो ।

भेटघाटका क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खटिएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरुलाई प्रधानसेनापति क्षत्रीले ‘द इन्टरनेशनल पिस प्राइज मेडल १९८८’ प्रदान गरेका थिए । सन् १९८८ मा संयुक्त राष्ट्र संघले नोवेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा नर्वेजियन सरकारले शान्ति स्थापना कार्यमा खटिएका आफ्ना सैनिकहरुलाई यो मेडल प्रदान गर्न सुरुवात गरेपश्चात संयुक्त राष्ट्र संघको अनुमतिमा नेपाल सरकारको स्वीकृति भए बमोजिम उक्त अवधीभर शान्ति स्थापना कार्यमा खट्टिएका रथीवृन्द तथा अधिकृतहरुलाई योे मेडल प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस