२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति क्षत्रीले गरे पूर्व प्रधानसेनापतिहरुसँग छलफल

अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुधबार नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीवृन्दसँग भेटघाट गरेका छन् ।

नारायणहिटीस्थित श्री उपत्यका पृतना हेड क्वार्टरमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुको साथै नेपाली सेनाका विविध गतिविधिहरुको बारेमा छलफल गरिएको थियो ।

भेटघाटका क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खटिएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरुलाई प्रधानसेनापति क्षत्रीले ‘द इन्टरनेशनल पिस प्राइज मेडल १९८८’ प्रदान गरेका थिए । सन् १९८८ मा संयुक्त राष्ट्र संघले नोवेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा नर्वेजियन सरकारले शान्ति स्थापना कार्यमा खटिएका आफ्ना सैनिकहरुलाई यो मेडल प्रदान गर्न सुरुवात गरेपश्चात संयुक्त राष्ट्र संघको अनुमतिमा नेपाल सरकारको स्वीकृति भए बमोजिम उक्त अवधीभर शान्ति स्थापना कार्यमा खट्टिएका रथीवृन्द तथा अधिकृतहरुलाई योे मेडल प्रदान गरिएको हो ।