तीन बालिकालाई करणी गर्ने ८२ वर्षीया बृद्ध जेल चलान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन बालिकालाई करणी गर्ने ८२ वर्षीया बृद्ध जेल चलान


९ श्रावण २०७५, बुधबार


पक्राउ

दाङ । तीन बालिकालाई लामो समयदेखि करणी गरेको अभियोगमा एक ८२ वर्षीय बृद्ध पुर्पक्षका लागि जेल चलान भएका छन् । घोराही उपमहानगरपालिका–४ का ८२ वर्षीय बृद्ध रामु खत्री जेल चलान भएका हुन् ।

वैशाख ८ देखि असार २४ गतेसम्म मिठाई खान दिन्छु भनी कोठामा लगेर पालैपालो करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । उनलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलबार अन्तिम फैसला नहुँदासम्म कारागार राख्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस