चिकित्सकहरुले भने डा. केसी जुनसुकै बेला पनि अचेत हुन सक्छन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सकहरुले भने डा. केसी जुनसुकै बेला पनि अचेत हुन सक्छन्


९ श्रावण २०७५, बुधबार


काठमाडौं । डा. गोविन्द केसीको उपचारमा संलग्न डाक्टरहरुले केसी जुनसुकै बेला पनि अचेत हुन सक्ने बताएका छन् । उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उक्त कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा आफूहरुले ड्युटीको समय मिलाउँदै डा. केसीको रेखदेख गरिरहेको आवासीय डाक्टरहरुले जानकारी दिएका छन् । डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले पनि टिम बनायर काम नगरेको उनीहरुको गुनासो छ ।

स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका केसीको साथमा रहदै आएका किशोर केसीले बताए । उनले रातको समयमा झनै कोही नहुने गरेको गुनासो गरे ।

आवासीय चिकित्सकहरुले डा. केसीको शरिरमा सेतो रक्तकोशिका (लब्लुबिसीको) मात्रा निकै घटेको छ । उनको रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने जोखिम पनि रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि केसीले आफु होसमा हुनजेलसम्म आइसियुमा नजाले यस अघिनै बताइसकेका छन् । आज केसीको १५ औं अनशनको २६ औं दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस