जनशक्तिको आधारमा शिक्षण संस्था खोल्नु पर्ने : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनशक्तिको आधारमा शिक्षण संस्था खोल्नु पर्ने : प्रधानमन्त्री ओली


९ श्रावण २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकलाई आज बालुवाटारमा उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “चाहिएको छ कृषि विज्ञान प्रमाणपत्र छ अरु नै बिषयको यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ” प्रधानमन्त्री ओलीले भने “अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिन मै पिडामा बदलिन्छ ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गरिने प्रधानमन्त्री ओलीले बताए ।

नेपाललाई लामो समय गरिब बनाएर खान लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु-याएको प्रधानमन्त्री ओलीले बताए । उनले भने “तर अब त्यो अवस्था बाँकी रहेन अब नेपालीहरु खान र लाउनबाट माथी उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तीमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”

प्रतिक्रिया दिनुहोस