राष्ट्रियसभा बैठक स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रियसभा बैठक स्थगित


९ श्रावण २०७५, बुधबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्रा.डा. गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु-याउन माग गरे ।

उनले डा. केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे ।

अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गर्नुभएको हो भन्दै कारण खुलाउन माग गरे ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गगरेका छन्। उनले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गरे । तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस