फिफा वर्ष खेलाडीमा १० मनोनित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फिफा वर्ष खेलाडीमा १० मनोनित


९ श्रावण २०७५, बुधबार


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले मंगलबार राति सन् २०१७/१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् ।

यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ ।

गत वर्षको जुलाई ३ (२०१७) बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस