२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ५ को संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

अ+ अ-

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । बाँकी तीनवटा समितिका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

तीनवटा समितिमध्ये सार्वजनिक लेखा समितिमा प्रतिपक्षी दलका डिल्लीबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सत्तापक्षबाट अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार निर्विरोध भएका हुन् ।

प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समितिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज मनोनयन हुने तीनवटै समितिमा पनि कसलाई सभापति बनाउने भन्ने टुंगो सत्तापक्षले लगाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

उनका अनुसार प्रदेश मामिला तथा कानून समितिमा सत्तापक्षीय दामाकुमारी शर्मा र सामाजिक विकास समितिको सभापतिमा दीर्घनारायण पाण्डेले मनोनयन दर्ता गराउनेछन् भने संघीय समाजवादी फोरमका तर्फबाट कृषि, वन तथा वातावरण समितिमा विजयबहादुर यादवले मनोनयन पत्र दर्ता गराउने सहमति भएको छ ।

प्रदेश नं ५ मा नेकपाका ६१ प्रदेशसभा सदस्य रहेका छन् भने विपक्षी नेपाली काँग्रेसका १९ र फोरमका पाँच, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक/एक जना सदस्य रहेका छन् ।