आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक :  मुख्य मन्त्री गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक :  मुख्य मन्त्री गुरुङ


९ श्रावण २०७५, बुधबार


नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन्।

मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उनले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताए ।

मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गरे । उनले गरिबी अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्बद्ध बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताए ।

मन्त्री गुरुङले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा, सांस्कृतिक, पर्यटकीय एंव धार्मिकस्थल रहेको स्मरण गर्दै अतिथी सम्मानमा आफ्नो प्रदेश सबैभन्दा अगाडि रहेको दाबी गरे ।

देशमै सबैभन्दा पहिला होमस्टेको शुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट शुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि होमस्टे शुरुवात गरेपछि पर्यटकको आकर्षण बढेको दाबी गरे । उनले नवलपुरको कावासोतीमा रहेको अमलटारी होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने वचनसमेत दिए । रासस

प्रतिक्रिया दिनुहोस