कानूनमन्त्री शेरबहादुर तामाङले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कानूनमन्त्री शेरबहादुर तामाङले दिए राजीनामा


८ श्रावण २०७५, मंगलबार


काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै गर्दा उनी भावुक बनेका थिए ।

केही दिन पहिले एउटा कलेजको कार्यक्रममा मन्त्री तामाङे बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।

उनको अभिव्यक्तिको विरोध भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेपनि विरोध बढ्दै गएपछि पदबाट नै राजीनामा दिनु परेको हो । उनलाई प्रधानमन्त्री ओलीसहित नेकपाका नेताहरुले सोमबार साँझा बालुवाटारमा बोलायर राजीनामा दिन दवाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस