चौबीस करोड राजश्व संकलन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चौबीस करोड राजश्व संकलन


८ श्रावण २०७५, मंगलबार


इनरुवा । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए ।

गत आवमा १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा ५१ लाख ३७ हजार, भदौमा एक करोड ८६ लाख ५३ हजार, असोजमा दुई करोड १२ लाख ६५ हजार, कात्तिकमा दुई करोड छ लाख ७३ हजार र मंसिरमा दुई करोड २१ लाख ७९ हजार राजश्व संकलन गरेको थियो ।

यस्तै पुसमा दुई करोड ४६ लाख तीन हजार, माघमा दुई करोड ७५ लाख ४१ हजार, फागुनमा एक करोड ६७ लाख नौ हजार, चैतमा एक करोड ८५ लाख ४७ हजार र वैशाखमा दुई करोड ३४ लाख ६३ हजार राजश्व संकलन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस