२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय अपराध र आतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भने ।

नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिको सहभागिता रहेको छ । बैठक शुक्रबारसम्म जारी रहनेछ ।

वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामूहिक रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुने बताइएको छ । साथै सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्कामा अनुभव आदानप्रदानसमेत हुनेछ ।

पछिल्लो समय नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गरी प्रभावकारी काम गरिरहेको छ । अर्थमन्त्री डा. खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको चर्चा गर्दै दिगो र समुन्नत अर्थतन्त्रको विकासका लागि लागिपरेको जानकारी दिए ।

उनले भने, “डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ ।”उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा विशेष रुपमा सम्पत्ति शुद्धीकरणमा ध्यान दिएको बताए ।

अर्थमन्त्रालयका सचिव राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सम्पत्ति शुद्धीकरणमा बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस