२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने कांग्रेसी परम्परा छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरेका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए।

“प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ तर काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन” प्रधानमन्त्री ओलीले भने, “काँग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको छ । देशै खाने काम आफ्नो हो भन्ठान्ने कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”

उनले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिए ।

पुष्पलालको नेतृत्वमा वि.सं. २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए ।