अन्तरिम संगठन र दरबन्दी व्यवस्थापन परिवर्तन गर्न चाहने स्थानीय तहलाई प्रस्ताव पेश गर्न पत्राचार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्तरिम संगठन र दरबन्दी व्यवस्थापन परिवर्तन गर्न चाहने स्थानीय तहलाई प्रस्ताव पेश गर्न पत्राचार


७ श्रावण २०७५, सोमबार


समायोजन

काठमाडौं । अन्तरिम संगठन र दरबन्दी व्यवस्थापन परिवर्तन गर्न चाहने स्थानीय तहलाई प्रस्ताव पेश गर्न पत्राचार गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका सबै स्थानीय तहलाई १५ दिनसम्म प्रस्ताव पेश गर्न पत्राचार गरेको हो ।

‘स्थानीय तहको कार्य प्रगति, सेवा प्रवाह एवम् विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक उपस्थिति, सेवा पुर्याउनुपर्ने जनसंख्यासमेतका आधारमा स्थायी संगठन संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने हुँदा अन्तरिम संगठन र दरबन्दी व्यवस्थापनमा परिवर्तन गर्नुपर्ने भए देहायका विषय स्पष्ट गर्दै सम्बन्धित स्थानीय तहको कार्यपालिकाबाट निर्णय गरी १५ दिनभित्र प्रस्ताव गर्नु हुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

प्रस्ताव पेश गर्न चाहने स्थानीय निकायले कुन–कुन श्रेणी, पदमा दरबन्दी थपघट गर्ने, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने, अन्तरिक संगठन संरचनाभन्दा बढी दरबन्दी प्रस्ताव गर्नुपर्ने भए त्यसको कारणसहित पुष्ट्याइ गर्ने, प्रस्तावित पदको कार्य विवरण र संगठन चार्ट तयार गरी पठाउने पत्रमा उल्लेख छ ।
पत्रको सबै जिल्ला समन्वय समितिको कार्यालयलाई बोधार्थ दिइएको छ ।

हेर्नुस् पत्र

 

प्रतिक्रिया दिनुहोस