२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछि चौतर्फी प्रहार’

अ+ अ-

बुटवल । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नं. २ ले आज यहाँ आयोजना गरेको स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विगतमा काँग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएको बताउँदै विगतमा शिक्षा र स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने काँगे्रसले अहिले सडकमा आन्दोलन गर्नु अनुपयुक्त छ भने ।

उनले सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछि ऊमाथि अहिले चौतर्फी प्रहार भइरहेको बताउँदै भने, “यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदारमाथिको कारवाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटी व्यवहारको अन्त्य, गैरसरकारी संघसंस्था र दाताबाट आउने रकमको व्यवस्थापनलगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको हो ।”

उनले प्रा डा केसीको काठमाडौँमा अब मेडिकल खोल्नु हुँदैन भन्ने माग मनमोहन कलेजका विरुद्ध भएको आरोप पनि लगाए । मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यी क्षेत्रको लगानीलाई नाफारहित बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र तीन वर्षभित्र जनताले अनुभूति गर्ने गरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्तालाई विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गरे ।