२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्क्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ : दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उनको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गरे । उनले भने, “उनको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन सक्तैन ।”

पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गरेको बताए ।

पुष्पलालले नेपाली काँग्रेसमा रहेर देश र जनताको सेवा गर्न नसकिने देखेपछि उक्त पार्टी छाडेर चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे गहिरो अध्ययन गरेर कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गगरेको र पार्टी स्थापना गरेको विचार नेता नेपालले व्यक्त गरे ।

नेकपाका नेता वामदेव गौतमले मुलुकमा सामाजिक न्याय स्थापनाका लागि पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेकपा धेरै आरोह अवरोह पार गरेर अहिलेको अवस्थामा आएको बताउँदै अब सामन्तवाद अन्त्य गरी देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनले देश र जनताको समृद्धि गर्न सक्छ भन्ने मान्यतालाई पुष्पलालले सिद्धान्तका रुपमा विकास गर्नुभएको बताए । प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले चम्पादेवीमा चाँडै पुष्पलाल ज्येष्ठ आश्रम बन्ने जानकारी दिए । पुष्पलालका समकालीन लक्ष्मीभक्त उपाध्यायले आफूले प्राप्त गरेको पुष्पलाल राष्ट्रिय पुरस्कारवापतको एक लाख सोही प्रतिष्ठानलाई हस्तान्तरण गरे ।

त्यसैगरी पुष्पलालका पुत्र उमेशलालले आफू बाँचुञ्जेल पिताका नामबाट सरकारले स्थापना गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई ५० हजार दिने घोषणा गरे । रासस