प्रा.डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : कृष्णप्रसाद सिटौला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रा.डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : कृष्णप्रसाद सिटौला


७ श्रावण २०७५, सोमबार


चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा. डा. गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए। उनले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।”

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस